Online Bichar
आइतबार, आषाढ २८, २०८३ | Sunday, July 12, 2026

काठमाडौं, १४ वैशाख २०८२ । स्थानीय बजारमा सुनको मूल्य सय रुपैयाँले वृद्धि भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार १ लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँ पुगेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ। महासंघका अनुसार आज एक तोला चाँदी १९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला चाँदी २ हजार रुपैयाँ कायम भएको थियो।

 

तपाईको प्रतिक्रिया