झापा, १३ वैशाख २०८२ । झापाको शिवसताक्षीमा यात्रुबाहक बस दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन् । आज (शनिबार) बिहान ५ः३० बजेको समयमा शिवसताक्षी नगरपालिका-९ दुधे मिलन चौक स्थित पुर्व पश्चिम राजमार्गमा काठमाण्डौबाट काकडभिट्टातर्फ जाँदै गरेको को प्रदेश १-०१-००१ ख ४२३५ नम्बरको नाईट बस अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घाइतेहरुको बिर्तामोडस्थित बिएण्डसी र बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक शिवसताक्षी नगरपालिका-८ झिलझिले बस्ने ३८ वर्षीय महेन्द्र कन्दङवालाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ । बस तत्काल घट्नास्थलमा नै रहेको र उठाउने पहल भइरहेकोले हाल एकतर्फी बाटो सुचारु रहेको जनाइएको छ । उक्त घट्ना स्थलमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली खटी गएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको नामावली यस प्रकार रहेको छ ।
बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारार्थ घाइतेहरू
१.जिल्ला झापा मेचीनगर नगरपालिका –१ बस्ने बर्ष– ५५ का टेक चन्द्र फुयाँल अबस्था सामान्य ।
२. जिल्ला दोलखा गौरीशंकर नगरपालिका ४ बस्ने बर्ष– ५२ का शान्तिप्रसाद उप्रेती सामान्य ।
३. जिल्ला इलाम सन्दकपुर गाउँपालिका – ५ बस्ने बर्ष ४६ का गोपाल खतिवडा सामान्य ।
४. जिल्ला झापा मेचीनगर नगरपालिका १४ बस्ने बर्ष– ५२ का सिकेन्द्र ढकाल टाउकोमा चोट अबस्था सामान्य ।
५. जिल्ला झापा अर्जुनधारा नपा १० बस्ने बर्ष ४० का लोकनाथ ढकाल टाउकोमा चोट सामान्य
६. जिल्ला पाँचथर फाल्गुनन्द गापा ७ बस्ने बर्ष ४५ का सिताराम अधिकारी टाउकोमा चोट सामान्य ।
७. जिल्ला कालिकोट रास्कोट नपा४ बस्ने बर्ष ३६ को पूर्णनाथ योगी टाउकोमा चोट सामान्य ।
८. जिल्ला झापा कचनकवल गापा ३ बस्ने बर्ष २० का श्याम तामाङ टाउकोमा चोट सामान्य।
९. जिल्ला झापा मेचीनगर नगरपालिका १ बस्ने बर्ष ३९ का अनिल बि।क। हात खुट्टामा चोट सामान्य ।
बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारार्थ घाइतेहरूः–
१. जिल्ला झापा भद्रपुर नगरपालिका ५ बस्ने बर्ष– ३७ का भोला पन्थी सामान्य ।
२. जिल्ला इलामा फाकफोथुम गाउँपालिका ३ बस्ने बर्ष– ३५ का सन्तोष आचार्य सामान्य
३. जिल्ला झापा बिर्तामोड नगरपालिका – ६ बस्ने बर्ष– ४३ की शान्तिमाया राई सामान्य ।
४. मेचीनगर नगरपालिका – ९ बस्ने बर्ष– ४६ का ईश्वरप्रसाद भण्डारी सामान्य।
५.मेचीनगर नगरपालिका-१३ बस्ने बर्ष ३२ की सृजना प्रसाई सामान्य ।
६.मेचीनगर नगरपालिका-१३ ऐऐ. बस्ने बर्ष– ५२ की सिता मगर सामान्य ।
७. मेचीनगर नगरपालिका-१३बस्ने बर्ष-५० को सिताराम रिमाल सामान्य ।
८. मेचीनगर नगरपालिका-४ बस्ने बर्ष– ५५ को मिनबहादुर पौडेल सामान्य ।
९. जिल्ला पाँचथर आङसराङ बस्ने बर्ष-२८ का दिपक सुब्बा
१०. जिल्ला झापा मेचीनगर नगरपालिका–८ बस्ने बर्ष– ४२ का पदम प्रसाद पौडेल सामान्य ।
११. कनकाई नगरपालिका–३ बस्ने बर्ष– २४का राजन चिमरिया सामान्य ।
१२. जिल्ला रौतहट राजपुत नगरपालिका ५ बस्ने बर्ष– २५ का बिक्रमकुमार दास सामान्य ।