Online Bichar
आइतबार, साउन १०, २०८३ | Sunday, July 26, 2026

काठमाडौं, १२ वैशाख २०८२ । ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलो पक्राउ परेका छन्। भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा सर्वोच्च अदालतले झण्डै ९ वर्षको जेल सजाय सदर गरेपछि शुक्रबार उनलाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जानकारी दिएको छ।

ब्राजिलमा प्रजातान्त्रिक रूपमा निर्वाचित पहिलो राष्ट्रपति कोलोर डे मेलोलाई सन् १९९२ मा काङ्ग्रेसले घुस लिएको आरोपमा महाभियोगको प्रक्रिया सुरु गरेको थियो। जसका कारण उनले कार्यकाल नसकिँदै राजीनामा दिएका थिए। एफपीले स्रोतलाई उद्धृत गर्दै ७५ वर्षीय उनलाई देशको उत्तरपूर्वी क्षेत्रबाट पक्राउ गरेको उल्लेख गरेको छ।

पक्राउ आदेश खारेज गर्ने उनको प्रयासलाई पनि अदालतले अस्वीकार गरेको थियो। एक निर्माण कम्पनी र ब्राजिलको सरकारी तेल कम्पनी पेट्रोब्रासको पूर्व सहायक कम्पनीबीच ‘अनियमित रूपमा सम्झौता गर्न’ रकम लिएको उनीमाथि आरोप छ।

तपाईको प्रतिक्रिया