Online Bichar
शनिबार, जेठ ०४, २०८२ | Saturday, May 17, 2025

काठमाडौ, ११ वैशाख २०८२ । नागरिकलाई कुटपिट गर्ने चार जना ट्राफिक प्रहरी निलम्बनमा परेका छन्। गत मंसिर २३ गते सुन्धाराको आकासे पुलमुनि नागरिकलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि चार जना ट्राफिक प्रहरी निलम्बनमा परेका हुन्।

उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख विनोद घिमिरेका दिउँसोको समयमा भएको उक्त घटनाका विषयमा आवश्यक छानबिन भइरहेको छ।

कुटपिट गर्ने एक जना र कुटेको देख्दा देख्दै हेरेर बस्ने अरू पनि घटनाको भागिदार हुन् सक्ने भएकाले छानबिनका लागि उनीहरूलाई जिम्मेवारीबाट हटाइएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीका अनुसार भिडियोमा देखिएका प्रहरीहरू ट्राफिक प्रहरी वृत्त जनसेवामा कार्यरत थिए। अहिले उनीहरूलाई जिम्मेवारीबाट हटाइएको छ।

 

तपाईको प्रतिक्रिया