Online Bichar
आइतबार, आश्विन २५, २०८३ | Sunday, October 11, 2026

काठमाडौं, ५ वैशाख २०८२ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षा हालसम्म स्थगित नगरिएको जनाएको छ। सामाजिक सञ्जालमा कक्षा-१२ को परीक्षा स्थगित भएको भनी पत्रसहित प्रचारप्रसार हुन थालेपछि बोर्डले विज्ञप्ति जारी गर्दै स्थगित नभएको जानकारी दिएको हो।

बोर्डले बोर्डको लेटरप्याडमा अध्यक्षको स्क्यान गरी हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुनअनुसार आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ।

‘२०८२ साल वैशाख ११ गतेबाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थी वर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा सम्प्रेषण गरिएकोप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ, बोर्डको आधिकारिक वेबसाइटबाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिन हुन सम्पूर्ण विद्यार्थीहरूमा अनुरोध छ, सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य हुन अभिभावक, शिक्षक एवं प्रधानाध्यापकज्यूहरूमा राष्ट्रिय परीक्षा बोर्ड हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया