Online Bichar
बुधबार, जेठ ०१, २०८२ | Wednesday, May 14, 2025

काठमाडौं, ४ वैशाख २०८२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ रहेका अवैध आप्रवासी आफैँले देश छाड्न चाहेमा पैसा र विमान टिकट दिएर घर पठाइने बताएका छन् ।

आप्रवासीलाई व्यापक धरपकड गरेर घर फर्काउने वाचा गरेर ट्रम्पले अभियान चलाएका थिए । उनले फक्स नोटिसियासँगको अन्तर्वार्तामा अमेरिकामा अवैध रूपमा बसिरहेकाको घर फिर्तीका निम्ति स्वनिर्वासन कार्यक्रम लागु गरिने बताएका एपीले उल्लेख गरेको छ ।

ट्रम्पले उक्त योजनाको समयसीमालगायत थप विवरण भने दिएनन् । तर, आफैँ घर फर्कने आप्रवासीलाई विमान टिकट र नगद सहयोग उपलब्ध गराइने बताए ।

 

तपाईको प्रतिक्रिया