काठमाडौं, ३ वैशाख २०८२ । मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजविरुद्ध जबर्जस्ती करणी आरोपमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी गरिएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार मधेशमूलकी एक नाबालिगले डा. अहिराजले आफूलाई १७ वर्षको उमेरदेखि मानसिक र शारीरिक यातना दिएको आरोप लगाउँदै जाहेरी दर्ता गराएकी हुन् ।
पीडितले राष्ट्रिय महिला आयोगमार्फत उजुरी दिएकी थिइन् भनेपछि महिला अधिकारकर्मीको साथमा प्रहरीमा पुगेकी थिइन् । माघ १० गते दिइएको जाहेरी फागुन ३ गते अभिलेखमा दर्ता भएको हो ।
चार दिनअघि पक्राउ आदेश जारी भए पनि अहिराज हालसम्म प्रहरी सम्पर्कमा आएका छैनन् । अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।