Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

काठमाडौं, ३ वैशाख २०८२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीनबाट अमेरिका आयात हुने सबै सामानमा २४५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । अमेरिकाले लगाएको आयात करको विरोधमा चीनले प्रतिशोधात्मक कदम चालेपछि अमेरिकाले अर्को घोषणना गरेको हो ।

मंगलबार राति अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको ‘फ्याक्ट सिट’ मा २४५ प्रतिशत आयात कर लागु गर्ने घोषणा गरिएको छ । यस निर्णयलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिको अभिन्न अंगको रूपमा परिभाषित गरिएको छ । अमेरिकाको पछिल्लो घोषणासँगै दुई देशबीचको तनाव थप बढेको छ ।

चीनले हालै लागु गरेको दुर्लभ धातु तथा खनिजको अमेरिका निर्यातमा प्रतिबन्ध लगाएको प्रत्युत्तरमा अमेरिकी कदम आएको बताइएको छ । एकपछि अर्को आयात करका कारण विश्वव्यापीरूपमा सेयरबजार र लगानीकर्ताको मनोबलमा असर पारेको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकाले आयात करमार्फत व्यापार युद्ध थालेको प्रतिक्रिया दिएका छन् । चीनले लिने प्रतिशोधात्मक कारबाही पूर्णरूपमा उचित र कानुनी भएको उनको भनाइ छ । उनले देशको अधिकार रक्षा गर्न र अन्तर्राष्ट्रिय व्यापारमा निष्पक्षता कायम गर्ने उद्देश्यले चीनले कदम चाल्ने बताएका छन् ।टाइम्स नाऊ न्यूजबाट ।

 

तपाईको प्रतिक्रिया