Online Bichar
सोमबार, साउन ११, २०८३ | Monday, July 27, 2026

सर्लाही, २ वैशाख २०८२ । सर्लाहीको बागमतीस्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा एउटा कारमा आगलागी भएको छ । नयाँ वर्षको अवसरमा बागमती नगरपालिका–१२, स्थित ताल परिसरमा घुमफिरका लागि आएका मानिस सवार ना. ५ च २३३२ नम्बरको कारमा आफैँ आगलागी भएको हो । कारमा आगलागी सुरु हुनासाथ भित्र रहेका मानिसहरूले तत्काल बाहिर निस्किएर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

कारमा लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा निभाइएको हो । हरिवन नगरपालिकाबाट दमकल मगाइएको भए पनि नयाँरोडसम्म दमकल पुुग्दा बालुवा र पानी हालेर आगो निभाउन सफल भएकाले दमकललाई बिच बाटोबाटै फिर्ता पठाइएको इलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी नायब निरीक्षक सुवास यादवले जानकारी दिनुुभयो ।

प्रहरी नायब निरीक्षकका अनुसार आगलागीबाट कारको अघिल्लो भाग, इन्जिन र सिसामा क्षति पुुगेको छ । आगलागीबाट क्षतिग्रस्त कार ताल परिसरमै किनारा लगाएर राखिएको कर्मैया प्रहरीले जनाएको छ । गुडिरहेको कारमा आगलागी हुनुको कारण खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया