Online Bichar
सोमबार, बैशाख ०८, २०८२ | Monday, April 21, 2025

काठमाडौं, १ वैशाख २०८२ । पपस्टार केटी पेरीसहित ६ महिला अन्तरीक्षमा पुगेर नेपाली समयानुसार सोमबार बेलुका पृथ्वीमा फर्किएका छन् ।

धनाढ्य जेफ बेजोसको ब्लु ओरिजिन रकेटमा चढेर पेरीसहित प्रसारक गेली किङ, पत्रकार लरेन सान्चेज, रकेट वैज्ञानिक आइशा बोवे, नागरिक अधिकार कार्यकर्ता अमान्डा गुयेन र फिल्म निर्माता केरियान फ्लिन अन्तरीक्षमा पुगेका थिए ।

टेक्सासमा अवतरण गरेको ब्लु ओरिजिनको क्याप्सुलबाट बाहिरिएपछि सबै महिलाले निकै खुसी प्रकट गरे । पपस्टार पेरीले क्याप्सुलबाट निस्किएपछि पृथ्वीलाई चुम्बन गरिन् ।

११ मिनेटको यो अन्तरीक्ष यात्राले पृथ्वी र अन्तरीक्षलाई विभाजन गर्ने कार्मन रेखा पार गरेको विवरणमा जनाइएको छ । त्यो क्याप्सुल २,३०० माइल प्रतिघण्टाको गतिमा उडेको थियो, जुन ध्वनिको गतिभन्दा तीन गुणा बढी हो ।

 

तपाईको प्रतिक्रिया