Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

झापा, ३० चैत २०८१ । झापाको दमकमा आमाको किरियामा बसेका छोराको निधन भएको छ । दमक-८ लक्ष्मी टोलमा आफ्नी आमा तिलामाया सङ्ग्रौलाको किरियामा बसेका जेठा छोरा ६१ वर्षीय रामप्रसाद सङ्ग्रौलाको निधन भएको हो । किरियाको पाँचौँ दिन बिहीबार राति सो घटना भएको हो ।

किरियामा बसेका सङ्ग्रौलालाई एक्कासि ह्रदयाघात भएपछि उपचारका लागि राति नै दमक अस्पताल लगिएको थियो । राति करिब पौने ९ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । तर पारिवारिक कारणले मृत्यु भएको खबर सार्वजनिक गरिएको थिएन ।

 

तपाईको प्रतिक्रिया