नयाँ दिल्ली, २९ चैत २०८१ । एयर इन्डिया एक्सप्रेसका एक पाइलटको बुधबार मृत्यु भएको छ । विमान अवतरण गराए लगत्तै ती पाइलटको मृत्यु भएको हो ।
नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गराएपछि अन्य औपचारिकता पूरा गरिरहेको समयमा पाइलट अरमानले असजिलो महसुस गरेका थिए ।
केही बेरमै उनी बेहोस भएर ढलेको बताइएको छ । उनलाई तत्कालै अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।
पाइलट अरमानका सहकर्मीका अनुसार उनले ककपिटमै बान्ता गरेका थिए । एयर इन्डिया एक्सप्रेसले भने अनावश्यक अड्कलवाजी नगर्न आग्रह गर्दै पाइलटको निधनमा दुःख प्रकट गरेको छ ।