Online Bichar
सोमबार, बैशाख ०८, २०८२ | Monday, April 21, 2025

काठ्काडौं, २७ चैत २०८१ । डोमिनिकन रिपब्लिकको एक नाइटक्लबमा भवनको छत खस्दा ७९ जनाको मृत्यु भएको छ । सांगीतिक कार्यक्रम भइरहेको समयमा भवनको छत खस्दा ७९ जनाको मृत्यु भएको हो । १५५ जना घाइते भएका छन् ।

डोमिनिकन रिपब्लिकको राजधानी सान्तो दोमिंगोमा रहेको जेटसेट नाइटक्लबको छत झरेपछि भएको घटनाको भग्नवशेषमा अहिले पनि खोजी र उद्धार अभियान चलिरहेको डोमिनिकन रिपब्लिकको प्रहरीले जनाएको एबीसी न्युजले बताएको छ ।

प्रहरीका अनुसार घटना मंगलबार बिहान १२ः३४ बजे डोमिनिकन मेरेन्गे गायक रबी पेरेजको कार्यक्रमको बेला भएको हो । कार्यक्रम सुरु भएको केही सेकेन्डमै उक्त भवनको छत झरेको प्रहरीले बताएको छ ।

डोमिनिकन रिपब्लिकका गृह मन्त्रीले पूर्वमेजर लिग बेसबल खेलाडी ओक्टाभियो डोटेलको पनि घटनामा मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया