Online Bichar
मंगलबार, साउन १२, २०८३ | Tuesday, July 28, 2026

बेइजिङ, २७ चैत २०८१ । चीनको उत्तरी प्रान्त हेबेईमा रहेको एक नर्सिङ होममा मंगलबार राति आगलागी हुँदा २० जना वृद्धवृद्धाको मृत्यु भएको छ।

मंगलबार राति करिब ९ बजे चेङ्दे शहरको लोङ्हुआ काउन्टीमा आगलागी भएको चिनिया सरकारी समाचार एजेन्सी सिन्ह्वामा जनाइएको छ।

आगलागी भएको भवनमा जम्मा ३९ जना वृद्धवृद्धा बस्दै आएका थिए। राति ११ बजेतिर आगो नियन्त्रणमा आएको थियो।

१९ जनालाई स्वास्थ्य परीक्षणको लागि अस्पताल पठाइएको छ।

 

तपाईको प्रतिक्रिया