Online Bichar
सोमबार, साउन ११, २०८३ | Monday, July 27, 2026

झापा, २४ चैत २०८१ । भारतबाट मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउँदै गरेका बिर्तामोडका एक युवक पक्राउ परेका छन् ।

आज दिउँसो २ः४५ बजे भद्रपुर नगरपालिका –५ मेची बिटबाट खटिएको प्रहरी टोली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट भद्रपुरतर्फ आउँदै गरेको पैदल यात्री बिर्तामोड नगरपालिका–६ सरस्वती टोल बस्ने ३० वर्षीय सन्तोष भट्टराईलाई पक्राउ गरेको हो । उनले मलद्वारभित्र प्लाष्टिकले पोका पारी लुकाइ छिपाइ ल्याउँदै गरेको १० ग्राम २१०मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया