Online Bichar
शुक्रबार, बैशाख १२, २०८२ | Friday, April 25, 2025

१३ चैत २०८१ । दक्षिण कोरियाको जंगलमा आगलागीमा परी हालसम्म १८ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। आगो अझै फैलिरहेको सञ्चारमाध्यमहरुमा उल्लेख छ। त्यहाँको गृह तथा सुरक्षा मन्त्रालयले मृतकको संख्या पुष्टी गरेको बीबीसी समाचारमा उल्लेख छ।

आगोलागीपछि आगो निभाउन खटिएको हेलिकप्टर पनि दुर्घटनाग्रस्त भएको जनाइएको छ। दुर्घटनाको कारण भने अझै स्पष्ट नभइसकेको जनाइएको छ।

देशका कार्यवाहक राष्ट्रपति हान डुक सूले यो चुनौती गम्भीर रहेको बताए। उनले भने, ‘यो हाम्रो देशको इतिहासमा सबैभन्दा खराब वन डढेलो हो।’

आगलागीपछि २३ हजारभन्दा बढी मानिसहरूलाई उनीहरूको ठाउँबाट सारिएको छ। यस आगलागीबाट धेरै ऐतिहासिक स्थलहरू पनि प्रभावित भएका छन्।

१३०० वर्ष पुरानो बौद्ध मन्दिर पनि आगलागीका कारण नष्ट भएको छ।

 

तपाईको प्रतिक्रिया