Online Bichar
आइतबार, आषाढ २८, २०८३ | Sunday, July 12, 2026

बिहार, १३ चैत २०८१ । भारतको बिहार राज्य पटना-डीडीयू रेलखण्डस्थित आरा रेल्वे स्टेसनमा मंगलबार राति तीन जनाको गोली हानी हत्या गरिएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बीबीसी समाचारमा उल्लेख छ।

समाचार एजेन्सी पीटीआईका अनुसार रेलवे सुरक्षा बलका वरिष्ठ कमान्डेन्ट प्रकाश पाण्डाले घटना प्लेटफर्म नम्बर दुईमा भएको जानकारी दिए। तीन जनाको शव निकालिएको छ।

उनले भने, ‘तीन जनाको मृत्यु भएको छ। अभियुक्त अमन कुमार २४ वर्षका छन्। उनी भोजपुरका बासिन्दा हुन्। आरोपी अमनले जिया कुमारी र उनका बुबा अनिल सिन्हालाई गोली हानी हत्या गरेका हुन्। त्यसपछि उनले आफैलाई पनि गोली हाने।’ यस विषयमा अनुसन्धान गरिरहेको उनले बताए।

 

तपाईको प्रतिक्रिया