Online Bichar
सोमबार, आश्विन ०५, २०८३ | Monday, September 21, 2026

मैक्वेटिया, ११ चैत २०८१ । संयुक्त राज्य अमेरिकाबाट निष्कासित १९९ आप्रवासी बोकेको विमान सोमबार बिहान भेनेजुएला आइपुगेको गृहमन्त्री डिओसडाडो काबेलोले बताएका छन् ।

“आज हामी १९९ स्वदेशीलाई स्वागत गर्दै छौँ,” उनले विमानस्थलमा भने, “हामी भेनेजुएलाका मानिस जहाँ भए पनि स्वागत गर्न तयार छौँ ।”

प्रत्यक्ष फुटेजमा सेतो सुट लगाएका युवा राजधानी काराकासबाहिर अवतरण गरेको विमानबाट ओर्लिरहेको देखाइएको छ । उनीहरूमध्ये केही मुस्कुराइरहेका र ताली बजाइरहेका थिए ।

शनिबार भेनेजुएलाले अमेरिकाबाट स्वदेश फिर्ती उडान पुनः सुरु गर्न वासिङटनसँग सम्झौता गरेको घोषणा गरेको थियो । त्यसपछि यो उडान भएको हो ।रासस/एएफपी

 

तपाईको प्रतिक्रिया