Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

वासिङटन डिसी, १० चैत २०८१ । अमेरिकाको न्यु मेक्सिकोस्थित लास क्रुसेसमा शनिबार गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। गोली चलेको जानकारी पाउनेबित्तिकै प्रहरी तुरुन्तै घटनास्थलमा पुगेर घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरेको थियो।

अधिकारीहरूले यस मुद्दासँग सम्बन्धित कुनै पनि प्रकारको फोटो-भिडियो प्रहरीलाई साझा गर्न मानिसहरूलाई अपील गरेका छन्।

लास क्रुसेस प्रहरीको फेसबुक पोस्टमा स्थानीय समय अनुसार राति १० बजेतिर गोली चलेको हो। उक्त घटनामा दुईजना १९ वर्षीय र एक १६ वर्षीय किशोरको मृत्यु भएको छ ।

प्रहरीका अनुसार घाइतेहरु १६ देखि ३६ वर्ष उमेरका छन् । लस क्रुसेसका प्रहरी प्रमुख जेरेमी स्टोरीले एक पत्रकार सम्मेलनमा यङ्ग पार्कमा दुई समूहबीचको झगडा गोलीबारीमा परिणत भएको बताएका छन्। घटनास्थलबाट प्रहरीले पेस्तोल बरामद गरेको उनले बताए।

 

तपाईको प्रतिक्रिया