Online Bichar
मंगलबार, बैशाख १६, २०८२ | Tuesday, April 29, 2025

जेबि खड्का
गौरादह, ७ चैत २०८१ । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र गौरादहले १६ औं स्थापना दिवस बिभिद कार्यक्रम गरि मनाएको छ। संस्थाको सेवा केन्द्र गौरादहको सभाहलमा आयोजना गरिएको कार्यक्रममा रक्तदान , सदस्य शिक्षा, स्वास्थ्य परिक्षण, सदस्य सम्मान र पुरस्कार बितरण कार्यक्रम गरि स्थापना दिवस मनाएको हो।

संस्थाले स्थापना दिवसको अवसरमा गौरादह-३ को दुर्गादेबी आधारभूत बिद्यालयमा अध्यानरत २५ जना गरिब तथा जेहेन्दार बिद्यार्थीलाई ब्याग बितरण गरेको छ। रक्तदानमा नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरादहको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राबिधिक सहयोग रहेको थियो। रक्तदानमा ५ महिला सहित ४० जनाले रक्तदान गरेको दमक रेडक्रसका रक्त संचार प्रमुख सिद्धार्थ दाहालले जानकारी गराएका छन।

कार्यक्रमको सभापति समेत रहेका संस्थाका अध्यक्ष बुद्धि सागर बरालले न्यून आयस्रोत भएका अभिभावकका छोराछोरीहरु सामुदायिक बिद्यालयमा अध्यान गर्ने भएकाले पाठ्यपुस्तक बोक्न सहयोग पुग्ने उदेश्यले ब्याग बितरण गरिएको जानकारी गराएका थिए।स्वास्थ्य परिक्षण अन्तर्गत निशुल्क आँखा शिविर र दन्त परिक्षण गरिएको थियो। थुलुङ डेन्टल दमकले दन्त परिक्षणको प्राबिधिक सहयोग गरेको थियो। बिर्ता ज्योती आँखा अस्पताल दमकको प्राबिधिक सहयोगमा आँखा परिक्षण गरेको थियो। शिविरमा आँखा परिक्षण गरिएका मध्ये अधिकांश आँखा कमजोरी, आँखा चिलाउने,आँखा पोल्ने, मासु पलाएका र मोती बिन्दु लगायतका बिरामीहरु भेटिएको बिर्ता ज्योती अस्पतालका नेत्र सहायक भुपन पोख्रेलले जानकारी गराए। स्वास्थ्य परिक्षणमा दन्त परिक्षण अन्तर्गत १९ जनाले र आँखा परिक्षण अन्तर्गत ४० जनाले सेवा लिएका थिए। आँखा परिक्षण गर्न आएका न्यून आय भएकाहरुलाई निशुल्क औषधि बितरण गरिएको थियो ।

संस्थाको गौरादह सेवा केन्द्रमा उत्कृष्ट कारोवार गर्ने सेयर सदस्य टिकाहाङ सुब्बा लिम्बू, मेनुका शाह, कुमारी दाहाल र टीका प्रसाद हलुवाईलाई पुरस्कृत गरिएको संस्थाकी गौरादह सेवा केन्द्र प्रमुख बिनिता खनालले जानकारी गराइन। सदस्य शिक्षा कार्यक्रम अन्तर्गत संस्थाका ब्यबस्थापन प्रमुख कमल घिमिरेले सेयर सदस्यहरुलाई सहकारीको कानुनी प्राबधान,बचतका फाइदा, सहकारीको महत्त्व लगायतका बिषयमा प्रशिक्षण दिएका थिए।कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिका वडा नं.२ का वडाध्यक्ष गोपाल प्रसाद कोईरालाले नागरिकको आय आर्जनको माध्यमको रुपमा रहेको सहकारी संस्था जीवन स्तर उकास्न र गरिबी निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरादहका सभापति संजीब कार्कीले शुभकामना मन्तब्य राखेको संस्थाका सचिब संजीब रिमालले जानकारी गराएका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया