Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

काठमाडौं, २ चैत २०८१ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले घटाएको निर्णय गरेको हो।

इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य घटेर आएकाले मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ। अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँमा बिक्रीवितरण हुनेछ। घटाइएको मूल्य राति १२ बजेदेखि लागू हुने छ।

 

 

 

तपाईको प्रतिक्रिया