झापा, २५ फागुन २०८१ । झापामा आगलागीबाट घाईते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । मेचिनगर नगरपालिका-४ आमडाँगी बस्ने ५१ वर्षिय बिरेन्द्रराज राईको आईतबार (आज) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यहि फागुन ९ गते ९ः१० बजेको समयमा राईको घरको पुजा कोठामा अचानक विद्युत सर्ट भई कोठाभित्र आगलागी हुँदा उक्त आगो निभाउने क्रममा उनको दुवै हात, दुवै खुट्टा र अनुहारमा आगोले पोली घाईते भएका थिए । राईको उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागी बिराटनगर तर्फ लगिएको थियो । यस्तै, २२ गते घोपा धरानमा लगी उपचार गरी पुनः बिराटनगर लगिएकोमा आज बिहान ३ः३० बजेको समयमा उपचारको क्रममा बिराटनगर स्थित बिराट नर्सिङ होम अस्पतालमा राईको मृत्यु भएको जनाइएको छ । सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।