Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

काठमाडौं, २० फागुन २०८१ । अमेरिकाले थप एक नेपालीलाई निष्काशन गरेको छ। मानव तस्करको सहयोगमा उनी अवैध ढंगबाट केसी थरका एक युवक अमेरिका पुगेका थिए।

उनी केही समय बसेपश्चात त्यहाँको पीआर लिन अदालती प्रक्रियामा गएका थिए। तर त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले उनको कागजपत्रमा कैफियत फेला पारेपछि उनलाई पीआर दिन अस्वीकार गरेको थियो। पीआर दिन अस्वीकार गरेपछि अदालतले तत्काल अमेरिका छाड्ने आदेश दिएको थियो तर केसी थरका उनले अदालतको आदेश अवज्ञा गर्दै गैह्रकानुनी ढंगले काम गर्दै आएका थिए।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीलाई निकाल्न गरेको प्रयासमा केसी केहि समय अगाडि समेत पक्राउ परे। त्यहाँको अध्यागमनले उनीमाथि थप अनुसन्धान गर्दै अमेरिकाबाट निष्काशन गरेको हो। अमेरिकाको अध्यागमनले एयर इन्डियाको जहाजबाट यसै साता नेपाल फर्काएको स्रोतले बताएको छ।

गत जनवरी २० मा राष्ट्रपतिको सपथ लिएसँगै ट्रम्प गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूप्रति आक्रामक बनेका छन्। त्यस्ता आप्रवासीहरूलाई ट्रम्प प्रशासनले धमाधम अमेरिकाबाट निष्कासन गरिरहेको छ। भारतलगायत केही देशमा अमेरिकी सैन्य जहाजबाट नै आप्रवासीहरूलाई फिर्ता पठाइएको छ।

 

तपाईको प्रतिक्रिया