Online Bichar
आइतबार, आषाढ २८, २०८३ | Sunday, July 12, 2026

काठ्माडौं, १९ फागुन २०८१ । बजारमा चिनी प्रतिकिलो एक सय दुई रूपैयाँमा तोकिएको छ।एक महिनादेखि चिनी सोही मूल्यमा कारोबार भइरहेको नेपाल खुद्रा व्यापार संघको तथ्यांकले देखाएको छ। संघले पन्ध्र/पन्ध्र दिनमा खाद्यान्नको मूल्य सार्वजनिक गदैं आएको छ।

संघले सार्वजनिक गरेको माघ पन्ध्र गतेको तथ्यांक अनुसार बजारमा चिनी खुद्रा मूल्य एक सय दुई रूपैयाँ तोकिएकोमा फागुन पन्ध्र गतेको तथ्यांकमा पनि सोही मूल्य कायम गरिएको छ। संघले सार्वजनिक गरेको मूल्य अधिकतम मूल्य हो।

चिनीको खुद्रा मूल्य किराना पसल अनुसार फरक छ। अहिले व्यवसायीहरुले न्यूनतम ९५ रुपैयाँदेखि अधिकतम एक सय दुई रुपैयाँसम्म कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया