Online Bichar
सोमबार, चैत्र १०, २०८१ | Monday, March 24, 2025

काठमाडौं, १६ फागुन २०८१ । सरकारले ०८२ सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार ०८२ वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षमा जम्मा २८ दिन सार्वजनिक बिदा हुनेछ ।

यसमा दसैँका ६ र तिहारका ५ दिनको बिदा पनि समावेश छ । यसबाहेक वर्षभरि परेका शनिबारमा पनि सार्वजनिक बिदा हुनेछ ।

यस्तै, महिलाहरूको तीजसहित सम्बन्धित धर्म, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि हुने सार्वजनिक बिदाको सूची छुट्टै छ ।

तपाईको प्रतिक्रिया