Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

टोकियो, १३ फागुन २०८१ । जापानमा एक जना नेपाली कर्मचारीको निधन भएको छ । जापान सरकारअन्तर्गत जाइका परियोजनामार्फत जापानमा पीएचडी रिसर्चको अन्तिम चरणमा रहेका सडक विभागका उपसचिव विनोदप्रसाद सापकोटाको निधन भएको सडक विभागका ई। उपेन्द्र महरानले जानकारी दिए ।

सापकोटा डेढ वर्षअघि जापान सरकारको जाइकाको स्कलरसिपमा अध्ययनका लागि जापान आएका थिए ।

४२ वर्षीय सापकोटा मंगलबार बिहान आफ्नै कोठामा मृत फेला परेका हुन् । स्थानीय प्रहरीले सापकोटाले आत्महत्या गरेको हुनसक्ने बताएको छ ।

घटनाबारे थप केही खुलेको छैन । सापकोटाको शव बुधबार नेपाल पठाउने तयारी गरिएको छ ।

उनका आफन्त त्यहाँ पुगिसकेको र मंगलबार प्रक्रिया पुर्‍याउन बाँकी रहेकाले बुधबामात्रै शव हस्तान्तरण गरिने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया