Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

एजेन्सी, ११ फागुन २०८१ । अमेरिकी शहर पेन्सिलभेनियाको यूपीएम्सी मेमोरियल अस्पतालको आईसीयूमा गोलीबारीमा एक प्रहरी अधिकारी र आक्रमणकारीको मृत्यु भएको छ भने ३ जना स्वास्थ्यकर्मीसहित ५ जना घाइते भएका छन्। एक व्यक्तिले अस्पतालको आईसीयूमा प्रवेश गरेर गोली चलाएको छ। आक्रमणकारी ह्यान्डगन र झोला लिएर अस्पतालमा प्रवेश गरेका थिए।

आक्रमणकारी सिधै आईसीयूमा गएर गोली चलाएका थिए। गोली लागेर एक डाक्टर र एक नर्ससहित तीन कर्मचारी घाइते भएका छन्।

घटनालगत्तै आक्रमणकारीलाई पछि प्रहरीले गोली हानेर मारेको थियो। यस क्रममा एक प्रहरीको पनि मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको अधिकारीहरुले जनाएका छन्।

 

तपाईको प्रतिक्रिया