Online Bichar
सोमबार, चैत्र १०, २०८१ | Monday, March 24, 2025

काठ्माडौं, ४ माघ २०८१ । भारतको राजधानी नयाँदिल्ली रेलवे स्टेसनमा शनिबार राति भएको भागदौडमा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने कैयौँ घाइते भएका छन् ।

प्रशासनले मृत्यु भएका १८ जनाको नामावली पनि सार्वजनिक गरेको छ । योसँगै रेलवेले मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

गम्भीर घाइतेलाई २ लाख ५० हजार र सामान्य घाइतेलाई १ लाख रुपैयाँ दिने घोषणा गरिएको छ ।

प्रशासनले यस घटनाको पछाडि भीडभाडलाई कारण मानेको छ। वास्तविक कारण पत्ता लगाउन छानबिन गर्न पनि आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया