भारत, ३ फागुन २०८१ । उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलाको सेक्टर १८ र १९ बीचको एक स्थानमा भिषण आगलागी भएको छ। शनिबार साँझ भएको आगलागीको कारण खुल्न नसकेको र प्रहरीले अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रयागराजका एडीजी भानु भास्करले आगलागीबाट कसैको मृत्यु भएको रिपोर्ट नभएको बताए । उनले भने, ‘सेक्टर १८–१९ को बीचमा एउटा धाम थियो र यहाँ मानिसहरूलाई सेवा दिइन्थ्यो। यसलाई अयोध्या लव कुश धाम भनिन्छ। सोही स्थानमा आगलागी भएको हो ।’
आगलागीको जानकारी पाउने बित्तिकै पाँच मिनेटमै दमकल र आपतकालीन सेवा घटनास्थलमा पुगेको उनले बताए। घटनास्थलमा पुगेर आगो निभाउन सकिएको उनको भनाइ छ ।