Online Bichar
मंगलबार, चैत्र ०४, २०८१ | Tuesday, March 18, 2025

काठमाडौं, २८ माघ २०८१ । फ्रान्सको एउटा रेलवे स्टेसनमा लाउडस्पिकर अन गरेर फोनमा कुराकानी गरेको आरोपमा एक जनालाई २०७ अमेरिकी डलर जरिवाना गरिएको छ ।

डेभिड नाम गरेका व्यक्तिले आइतबार पश्चिम फ्रान्समा रहेको नान्टेस स्टेसनमा रेललाई कुरिरहेका बेला लाउडस्पिकर अन गरेर फोनमा कुराकानी गरेका थिए ।

बहिनीसँग फोनमा कुराकानी गरिरहेका बेला आफूलाई फ्रान्सको सरकारी स्वामित्वमा रहेको रेल कम्पनीका एक सुरक्षाकर्मीले सोधपुछ गरेको डेभिडको भनाइ छ ।

“एक सुरक्षाकर्मी आएर मलाई लाउडस्पिकर बन्द नगरे १५० यूरो जरिवाना गर्ने बताए,” डेभिडले भनेका छन् ।

आफूले सुरुमा यसलाई मजाकको रूपमा लिएको उनको भनाइ छ ।

उनले घटनास्थलमा जरिवाना बुझाउन नसकेपछि जरिवाना बढाइएको थियो । पछि उनले २०० युरो अर्थात् २०७ अमेरिकी डलर जरिवाना बुझाउनुपरेको थियो ।सीएनएनबाट ।

 

तपाईको प्रतिक्रिया