Online Bichar
मंगलबार, चैत्र ०४, २०८१ | Tuesday, March 18, 2025

काठमाडौं, २५ माघ २०८१ । अमेरिकी अन्तर्राष्ट्रिय सहायता एजेन्सी (यूएसएआईडी) का करिब १० हजार कर्मचारी कटौती गरिएको छ । एलन मस्क नेतृत्वको सरकारी प्रभावकारिता विभाग (डोज) ले एजेन्सीलाई करिब ३०० कर्मचारीमा सीमित गरेको हो ।

योसँगै एसियामा यूएसएआईडीका आठ कर्मचारी मात्र बाँकी छन् । अफ्रिकामा १२ कर्मचारी बाँकी छन् । “एसियामा अन्तभन्दा बढी गरिब मानिस छन्, हाम्रो उपस्थितिले सधैँ चीनको प्रभावलाई रोक्न मद्दत गरेको छ,” यूएसएआईडीका एक कर्मचारीले भनेका छन् ।

मंगलबार यूएसएआईडीले महत्त्वपूर्ण कामका निम्ति जिम्मेवारबाहेक सबै कर्मचारीलाई फेब्रुअरी ७ देखि बिदामा बस्न भन्दै इमेल गरेको थियो ।

विदेशमा रहेका एजेन्सीका कामदारलाई अमेरिकाले फिर्ता बोलाउने समेत इमेलमै उल्लेख छ । यूएसएआईडीको सहायता कटौतीको असर नेपालसहित विश्वका धेरै देशमा परेको छ ।

 

तपाईको प्रतिक्रिया