Online Bichar
मंगलबार, जेठ १२, २०८३ | Tuesday, May 26, 2026

झापा, २५ माघ २०८१ । युवती लिएर बिर्तामोडको लजमा बसेका झापा हल्दिवारीका एक युवक मृत फेला परेका छन् । गएराति ११ बजे बिर्तामोड –४ स्थित एभरेस्ट होटल एण्ड लजमा युवती लिएर बसेका हल्दिवारी गाउँपालिका वडा न।१ गोलधाप बस्ने ३० वर्षीय सागर बेस्रा मृत फेला परेका हुन् ।

सुनसरी धरान उप–महानगरपालिका वडा न.१५ घर भई हाल कनकाई नगरपालिका वडा न.७ दुर्गापुर बस्दै आएकी बर्ष अन्दाजी २३ की मुना बि.क.संग उनी सो होटलमा बसेका थिए ।राति खाना खाई सुतेकोमा बेस्रा सुतेको कोठाभित्र बाथरुमको ढोकाको छेउ भुइँमा लडी बेहोस भएका थिए । उनकी साथी मुना बि।क र होटल सञ्चालकले उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगेकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

प्रहरीले होटल सञ्चालक बिर्तामोड नगरपालिका-५ बस्ने बर्ष अन्दाजी ४८ की यामकुमारी उप्रेती र मृतकसंग बस्ने मुना बि।क।लाई नियण्त्रणमा लिएको छ । दुवैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया