काठमाडौं, २४ माघ २०८१ । भारतीय वायुसेना (आईएएफ) को लडाकु विमान मिराज–२००० बिहीबार मध्य प्रदेशको शिवपुरी जिल्लामा नियमित प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुवै पाइलट घाइते भएको र अधिकारीहरू घटनास्थलमा पुगेको बताइएको छ ।
‘प्राविधिक गडबडीका कारण शिवपुरी ग्वालियरमा मिराज २००० दुर्घटनाग्रस्त भएको हो,’ भारतीय वायुसेनाले विज्ञप्तिमा भनिएको छ, ‘यो नियमित प्रशिक्षण उडानमा थियो। दुवै पाइलट सकुशल छन् । घटनाको अनुसन्धान गर्न कोर्ट अफ इन्क्वायरीलाई आदेश दिइएको छ ।’