Online Bichar
मंगलबार, जेठ १२, २०८३ | Tuesday, May 26, 2026

काठमाडौं, २३ माघ २०८१ । पुरातत्व विभागले आर्टिफिसियल इन्टिलिजेन्स प्रविधिबाट धार्मिक आस्थाविपरीत देविदेवताको फोटो, भिडियो पोस्ट नगर्न सूचित गरेको छ ।

विभागले एक सूचना जारी गर्दै धार्मिक सम्पदाहरुको मूल्य मान्यतामा गम्भीर असर पर्ने गरी टिकटक, सामाजिक सञ्जालमा देवीदेवताको तस्बीर एआई प्रविधि प्रयोग गरी धार्मिक आस्था माथि ठेस पुर्‍याउने खालका फोटो तथा भिडियो बनाएर पोस्ट नगर्न भनेको हो ।

धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका सम्पदाले सिंगारिएको देश भएपनि नेपालमा पछिल्लो समयमा सञ्चार प्रविधिको दुरुपयोग गरी विभिन्न माध्यमबाट उच्छृंखल काम भइरहेको प्रति विभागले ध्यानाकर्षण गराएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

 

तपाईको प्रतिक्रिया