Online Bichar
सोमबार, साउन २५, २०८३ | Monday, August 10, 2026

एजेन्सी, १८ माघ २०८१ । अमेरिकाको वासिंटन डीसीमा भएको जहाज दुर्घटनामा सबै ६४ जनाको मृत्यु भएको छ। अमेरिकन एयरलाइन्सको जहाज रेगन नेसनल एयरपोर्ट नजिक सैन्य हेलिकप्टरसँग ठोक्किएको थियो।

दुर्घटनापछि पोटोम्याक नदीमा खसेको जहाजबाट ६० यात्रु र ४ चालक दलका सदस्यसहित ६४ जनाकै शव बरामद भएको जनाइएको छ। दुर्घटनापछि पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले गम्भीर अनुसन्धान गर्न निर्देशन दिएका छन्। ट्रम्पले जहाजसँग ठोक्किएको सैन्य हेलिकप्टर गलत समयमा गलत ठाउँमा उडिरहेको समेत बताएको बीबीसीले जनाएको छ।

साथै यो दुर्घटनामा बाइडेन सरकारको डीईआई कार्यक्रम अर्थात् डाइभर्सिटी, इक्वीटी र इन्क्लुजन जिम्मेवार रहेको ट्रम्पको दाबी छ। बाइडेन प्रशासनले एयर ट्राफिक कन्ट्रोलरका रूपमा अपांगता भएका र मानसिक रूपमा समस्याग्रस्त व्यक्तिलाई भर्ती गर्दा यस्तो भएको आरोप आरोप लगाएका छन्। साथै ओबामा प्रशासनले समेत औसत मानिसलाई एयर ट्राफिक कन्ट्रोलमा भर्ती गरेको ट्रम्पको आरोप छ।

बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै थियो। अमेरिकी सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनापछि हावामा दुई भाग भई पोटोम्याक नदीमा खसेको थियो।

 

तपाईको प्रतिक्रिया