Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

एजेन्सी, ३ माघ २०८१ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले आज (बिहीवार) सफलतापूर्वक आफ्ना दुई स्पाडेक्स उपग्रह एसडिएक्स ०१ (चेजर) र एसडिएक्स ०२ (लक्ष्य) अन्तरिक्षमा आपसमा डक गरेको छ। स्पेस डकिङ भनेको अन्तरिक्षमा दुईवटा अन्तरिक्ष यान जोड्नु हो।

डकिङ प्रक्रिया यसअघि कम्तिमा दुईपटक ढिलाइ भएको र अन्ततः आजका लागि निर्धारित गरिएको थियो।

अन्तरिक्ष एजेन्सीका अनुसार डकिङपछि दुईवटा उपग्रहलाई एउटै वस्तुको रूपमा नियन्त्रण गर्न सफल भएको र आगामी दिनमा अनलकिङ र पावर ट्रान्सफरबारे अनुसन्धान गरिनेछ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्विटरमा एक पोस्टमार्फत देशका वैज्ञानिकहरूलाई उपलब्धि हासिल गरेकोमा बधाई दिँदै भने, “आगामी वर्षहरूमा भारतको महत्वाकांक्षी अन्तरिक्ष अभियानका लागि यो महत्त्वपूर्ण कदम हो।”

रुस, अमेरिका र चीनपछि अन्तरिक्षमा दुई अन्तरिक्ष यानलाई आपसमा जोड्ने (स्पेस डकिङ) भारत चौथो देश बनेको छ।

 

तपाईको प्रतिक्रिया