Online Bichar
बुधबार, बैशाख १०, २०८२ | Wednesday, April 23, 2025

एजेन्सी, ५ पुष २०८१ । पूर्वी अफगानिस्तानको घाज्नी प्रान्तमा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा ४४ यात्रुको मृत्यु भएको पुष्टि भएको छ। अन्य ७६ जना घाइते भएका छन्। राजधानी काबुललाई दक्षिणी कान्दाहार प्रान्तसँग जोड्ने राजमार्गमा गजनी शहरको बाहिरी भागमा र प्रान्तको अन्दार जिल्लामा दुर्घटना भएको सूचना तथा संस्कृति प्रान्तीय निर्देशक मुल्लाह हमिदुल्लाह नेसारले बताए।

नेसारकाअनुसार घाइते सबैलाई उपचारका लागि स्वास्थ्य केन्द्रमा लगिएको भएपनि अधिकांशको अवस्था चिन्ताजनक रहेको बताइएको छ। भीडभाड भएका सडकमा लापरवाही सवारी चलाउँदा र जिर्ण राजमार्गमा ट्राफिक संकेतको अभावका कारण हुने सडक दुर्घटना युद्धग्रस्त मुलुकमा मृत्युको प्रमुख कारण बनेका छन्।

 

तपाईको प्रतिक्रिया