Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

काठमाडौं, ५ पुष २०८१ । दक्षिण कोरियाले सन् २०२५ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण गरेको छ। रोजगार अनुमति प्रणाली ईपीएसमार्फत सन् २०२५ का लागि श्रमिकको कोटा १ लाख ३० हजार तोकेको हो। कोटा निर्धारण समिति (प्रवासी श्रमिक नीति समिति) को आज बसेको बैठकले कोटा निर्धारण गरेको प्रवासी श्रमिक युनियन (एमटीयु) का अध्यक्ष उदय राईले बताए।

जस अनुसार उत्पादन क्षेत्रमा ७२ हजार, पानीजहाज बनाउने कम्पनीका लागि २ हजार ५ सय, निर्माण क्षेत्रमा २ हजार, कृषि क्षेत्रमा १० हजार, मत्स्यपालनमा ८ हजार ५ सय र सेवा क्षेत्रमा ३ हजार तोकिएको छ। तोकिएको कोटा सकिएमा जुनसुकै क्षेत्रका लागि ३२ हजार राखिएको छ। यो कोटा मध्ये ७ हजार ७३० जना कमिटेड आउने छन् भने बाकी सबै नया प्रवासी श्रमिक आउने छन्।

२०२४ को कोटबाट अहिलेसम्म ७० हजार ४६० जनाको मात्र रोजगार अनुमति जारी भएको छ। यो संख्या सम्पूर्ण कोटाको ४७ प्रतिशत हो। गत अक्टोबरसम्म इपीएसको श्रमिक ३ लाख ३५ हजार ६३० जना छन्।

तपाईको प्रतिक्रिया