Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

इटहरी-मधुमेहको सुरुवाती लक्षण पत्ता लगाउन सक्ने हो भने उपचार सम्भव पनि छ । आजकाल मधुमेह एक आमसमस्या बन्ने गरेको छ । डायबिटिज लाइफ स्टाइलसम्बन्धी या वंशाणुगत रोग हो । शरीरमा रहेको पेन्क्रियाज नामक ग्रन्थिले इन्सुलिन बनाउन छाडेपछि मधुमेहको समस्या हुन्छ । इन्सुलिनले ब्लडमा ग्लुकोजलाई नियन्त्रण गर्न मद्दत गर्दछ । जान्नुहोस्, मधुमेहका यी हुन् सुरुवाती लक्षण 

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार-सुमन खतिवडा, (एपेक्स हस्पिटल, सुनसरी) 

लगातार पिसाब लाग्ने
मधुमेह रोग लाग्दा सुरुवाती लक्षणमध्ये मानिसलाई निरन्तर पिसाब लाग्छ । जब शरीरमा ज्यादा मात्रामा सुगर एकै ठाउँमा जम्मा हुन्छ, पिसाबको माध्यमबाट बाहिर निक्लन्छ । यसकारण मधुमेहरोगीलाई छिनछिनमा पिसाब लाग्ने हुन्छ ।

अत्यधिक तिर्खा लाग्छ
सुरुवाती लक्षणमध्ये बिरामीलाई पटक–पटक तिर्खा लाग्छ । पिसाबका माध्यमबाट शरीरको पानी अथवा सुगर बाहिर निक्लन्छ, जसले गर्दा जतिवेला पनि तिर्खा लाग्छ । धेरै मानिस यस्तो कुरालाई हल्का रूपमा लिन्छन् । याद गर्नुहोस्, यो मधुमेहको लक्षण हो ।

आँखा कमजोर
मधुमेह रोगको सुरुवातमा आँखामा ठूलो प्रभाव पर्छ । डायबिटिज मानिसमा लाग्दा सुरुवातमा आँखाको दृष्टि कमजोर हुन्छ । साथै, आँखा धमिलो हुँदै जान्छ । कहिलेकाहीँ केही कुरा हेर्दा आँखाले ठम्याउनसमेत मुस्किल पर्छ ।

अचानक तौलमा कमी
मधुमेह रोगको सुरुवातमा मानिसको तौलमा अचानक कमी आउँछ । मानिस दुब्लाउँदै गएको छ भने एकपटक चिकित्सकसमक्ष परामर्श लिनु राम्रो हुन्छ ।

एकदमै भोक लाग्छ
डायबिटिजले मानिसको तौलमा कमी आउँछ, तर भोक बढ्दै जान्छ । अन्य दिनको तुलनामा मानिसमा भोक गुणात्मक हिसाबले बढ्छ । पटक–पटक खाना खाने इच्छा हुन्छ ।

थकान महसुस हुन्छ

सुरुवाती दिनमा तपाईंहरूलाई थकान महसुस हुन्छ । हरेक दिन राति सुतेर उठ्ने वेलामा तपाईंलाई निद्रा पूरा नभएकोजस्तो लाग्ने, शरीरमा थकान महसुस भएको अनुभव हुन्छ । यस्तो भयो भने तपाईंको रगतमा सुगरको लेबल लगातार बढिरहेको छ ।

तपाईको प्रतिक्रिया