Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

इटहरीर, १६ पुस । सुनसरीमा ठेकेदारहरुले ब्यवसायीहरुबाट मनपरी कर लिने गरेको खुलसा भएको छ । सुनसरीमा संञ्चालित पशु चौपाय ठेक्कामा व्यवसायीबाट ‘दोहोरो कर’ उठाउने गरेको पाइएको हो ।

एक जिल्लाबाट अर्को जिल्ला निकासी गर्दा एक ठाँउमा मात्र कर लिने नियम भए पनि ठेकेदारहरुले गुण्डागर्दी शैलीमा मर उठाउँदै आए पनि नियमनकारी निकाय मौन बस्दै आएका छन ।

हेटौडाबाट केही दिनअघि घरायसी प्रयोजनकका लागी मोरङ लादै गरको गाईलाई सुनसरीमा पनि कर लिइएको थियो । जिल्लाबाट निकासी गर्दा सोही जिल्लामा मे १ ख २९१० नंम्बरको ट्रकले सुनकोशी गाँउपालिकामा ६ वटा गाईको ८ सयको बिल कटाएको थियो ।

तर सुनसरी आउदा भण्टाबारीमा सोही गाडीबाट १३ सय रुपयौ लिएको खुलसा भएको छ ।

सोही गाडीले सुनसरीकै दुहबी ढाँटबाट पनि ६ सय रुपयौको बिल काटेको थियो । यसरी जिल्लामा पशु चौपाय ठेक्काको नाममा जवरजस्ती पैसा उठाउने गरेको यो घटना भने नयाँ हैन ।

ठेकेदारहरुले गैरकानुनी रुपमा राजमार्गमै ढाँट खडा गरेर गुण्डागर्दी शैलीमा पशु चौपाय व्यवसायीहरुबाट पैसा असुल्ने गरेको एक पशु चौपाया ब्यापारीले नाम नखुलाउँने सर्तमा भने । हामी ब्यापारीहरु चौतर्फी मारमा परेको छौ सरकार मौन छ ।

जिल्ला समन्वय समिति सुनसरीले अहिले पशु चौपाय ठेक्का नाजुक हकलाई दिएको छ । हकले पनि अभिकर्ताको रुपमा सत्य यादव र सम्साद आलमलाई ठेक्का चलाइरहेका छन् ।

एउटै गाडीबाट दोहोरो कर लिएको बिषयमा ठेकेदार सत्य यादवले आफुहरुले नभई कर्मचारीले यस्तो गरेको दाबी गरे । ‘हामी प्राय ढाँटमा हुदैनौ कर्मचारीले उठाए होलान अबदेखि हामी कडाई गछौ उनले भने । गल्ती भएकै हो ।

यादवले यसो भनिरहदा अझै पनि सुनसरीमा रहेका ढाँटले पशु चौपाय व्यवसायीबाट डबल रकम उठाउदै आएका छन् । कर तिर्दा समेत समन्यव समितिले तोकेको रेट भन्दा बढी मुल्यमा पशु चौपायको कर उठाउने समेत गरेको पाइन्छ ।

साथै दोहोरो कर कट्दा नक्कली बिल दिने गरेको व्यवसायी बताउछन् । चौपाय ब्यावसायी सन्देश राईले भने हाीलाई ठेकेदारले ज्यादती गरीरहेको छ ।
पशु चौपायको ठेक्का वापत दैनिक ११ हजारसम्म मात्रको करोबार हुने गर्छ ।

तर नक्कली बिल प्रयोग गरेर जवरजस्ती दैनिक ३० हजारसम्म पैला असुल्ने गरेका छन् । यता सुनसरीका जिल्ला समन्वय समितिका सभापति गोपाल भण्डारीले पशु चौपायले यसरी बिल काट्नु गैरकानुनी हो उनले भने ।

हामी त्यस्ता रकम उठाउँने ठेकेदारहरुबाट पैसा फिर्ता गराउँछौ भण्डारीले भने । यसरी एउटै प्रयोजनका लागी आएको चौपायबाट पैसा उठाउँनु गैरकानुनी हो यस विषयमा हामी गम्भिर रुपमा छानविन गछौ । यसरी गैरकानुनी पैसा लिनेबाट पैसा फिर्ता गराउँछौ उनी भन्छन् ।

यता जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले भने ठेकेदारहरुले मनपरीगर्ने थालो पछि पहरीले ठेक्केदारलाई कारबाही गर्न लागी परेको बताए ।

पशुचौपाय निकासीमा मनपरी गरेको भन्दै मातहतका सबै प्रहरीहरुलाई मनपरी गरेको पाईए कारबाही गर्नु भनेको छु उनले भने ।

ब्लाष्टखबरबाट

तपाईको प्रतिक्रिया