Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, १५ पुस । प्रहरीले लुटपाट गरिरहेको ठाउँबाट पेस्तोलसहित ३ लुटेरालाई पक्राउ गरेको छ । शनिबार साँझ साढे ७ बजे काठमाडौंको जडिबुटीस्थित गणेशमाया श्रेष्ठको घरमा लुटपाट गरिरहेका ३ जनालाई पेस्तोलसहित पक्राउ गरेको हो ।

३ जनाको लुटेरा समूहबाट प्रहरीले एउटा ठूलो चाइनिज पेस्तोल, एक राउण्ड गोली र एउटा खुकुरी पक्राउ गरेको महानगरीय प्रहरी परिसर कठमाडौंले जानकारी दिएको छ । कलंकी बस्ने धादिङ गल्छीका ३३ वर्षीय अर्जुनप्रसाद अधिकारी, २५ वर्षका केदारप्रसाद अधिकारी र काभ्रेको भुम्जु घर भई चाबहिल बस्ने ३० वर्षका अञ्जन उप्रेतीलाई पक्राउ परेका परिसरका प्रवक्ता डीएसपी होविन्द्र वोगटीले जानकारी दिए ।

प्रहरीले उप्रेतीको साथबाट गोली लोड भएको पेस्तोल बरामद गरेको हो । उनी गुण्डा नाइके कुमार घैंटेको सहयोगी भइ आपराधिक क्रियाकलापमा सक्रिय भएको पाइएको बताएको छ ।

त्यस्तै केदारप्रसाद अधिकारी २ वर्ष नेपाल प्रहरी र ३ वर्ष नेपाली सेनामा जागिर खाइ भागेर विभिन्न आपराधिक गिरोहमा काम गर्द आएको परिसरले विज्ञप्तिमा जनाएको छ । अर्जुन अधिकारी भने यसअघि सार्वजनिक अपराधमा २ पटक सजाय पाइसकेका व्यक्ति हुन् ।उनी जग्गा कारोबारीसमेत हुन् ।

तपाईको प्रतिक्रिया