Online Bichar
शनिबार, जेठ ०४, २०८२ | Saturday, May 17, 2025

हेटौँडा, ९ भदौ २०८१ । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीको निवासमा आज साँझ आगलागी भएको छ।

मन्त्री बस्ने भवनको माथिल्लो तलामा रहेको सभाहलमा आगलागी हुँदा इन्भर्टर ब्याट्री ४ थान, पावर सप्लाइ बक्स, वाइफाइ राउटर, गलैँचा, जिप्सन बोर्डमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले दिएको जानकारीअनुसार आइतवार साँझ ७ बजेर ४० मिनेट जाँदा आगलागी शुरु भएको र ७ बजेर ५५ मिनेटमा निभाइएको थियो।

आगो निभाउन हेटौँडा उपमहानगरको वारुणयन्त्र प्रयोग गरिएको थियो। विद्युत शर्ट भएका कारण आगलागी भएको प्रहरीले जनाएको छ।

हेटौँडा–९ लामसुरेस्थित हेटौँडा सिमेन्ट उद्योगको कर्मचारी आवासलाई नै मन्त्री निवास बनाइएको छ।

 

तपाईको प्रतिक्रिया