Online Bichar
सोमबार, बैशाख ०७, २०८३ | Monday, April 20, 2026

काठमाडौं, ९ भदौ २०८१ । म्यासेजिङ एप टेलिग्रामका प्रमुख पावेल दुरोभलाई फ्रान्स प्रहरीले गिरफ्तार गरेको छ।

रुस, युक्रेनलगायतका देशमा चर्चित टेलिग्राम म्यासेजिङ एपका प्रमुख दुरोभ टेलिग्राममा अपराधिक गतिविधि भएको उजुरीको आरोपमा गिरफ्तार भएका हुन्। ३९ वर्षीय दुरोभले स्थापना गरेको टेलिग्राम अहिले रुस युक्रेन युद्धको सूचना प्रवाहमा सबैभन्दा अगाडि छ भने यी दुवै देशका सेनाले कारबाहीबारेका जानकारी यही एप्लीकेशनमार्फत् दिने गरेका छन्।

निजी जेटमार्फत् पेरिस जाँदै गरेका दुरोभलाई बुर्गेट विमानस्थलमा फ्रान्सेली प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको जनाइएको छ। सन् २०१३ मा सुरु भएको टेलिग्राम एपमाथि रुसले सन् २०१८ मा प्रतिबन्ध लगाएको थियो।

प्रयोगकर्ताको डाटा नदिएको भन्दै प्रतिबन्ध लगाएको रुस सरकारले सन् २०२१ मा प्रतिबन्ध हटाएको थियो।

तपाईको प्रतिक्रिया