Online Bichar
शुक्रबार, जेठ ०३, २०८२ | Friday, May 16, 2025

एजेन्सी, ५ भदौ २०८१ । भारतीय सिक्किम राज्यमा नेपाली भाषालाई सरकारी विज्ञापन तथा राजपत्रहरुमा अनिवार्य गरिने भएको छ।

राज्य सरकारको गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै भारतको संविधानमा नेपाली भाषा सूचीकृत गरिएकाले त्यसको प्रयोग अनिवार्य गर्ने जनाएको हो।

‘राज्य सरकारले अब सबै आधिकारिक अधिसूचनाहरु, राजपत्रहरु अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशित गर्ने निर्णय लिएको छ‚’ त्यहाँको गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ।

सन् १९९२ अगस्ट २० मा भारतको संविधानको धारा ३४४ (१) ले नेपाली भाषालाई आठौँ अनुसूचीमा राखेको दिनलाई नेपाली भाषा मान्यता दिवसका रुपमा भारतका नेपालीभाषी नागरिकहरुले मनाउँदै आएका छन्।

 

 

तपाईको प्रतिक्रिया