Online Bichar
सोमबार, आश्विन ०५, २०८३ | Monday, September 21, 2026

नुवाकोट, ५ भदौ २०८१ । नुवाकोटको बोहोरे खोलामा यात्रु बोकेको गाडी दुर्घटना भएको छ। दुर्घटनामा यात्रुहरू घाइते भएका छन्।

त्रिशूली-छहरे-टोखा सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका-७ बोहोरे खोलामा गण्डकी प्रदेश एफएए ०१०६ नम्बरको हायस माइक्रोबस बुधबार बेलुकी दुर्घटनामा परेको हो। दुर्घटनामा १० यात्रु घाइते भएको प्रत्यक्षदर्शी रामनाथ खनालले जानकारी दिए।

यात्रुहरूलाई उपचारका लागि काठमाडौं लगिएको छ। बोहोरे खोलाको मोडमा यात्रुबाहक गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

 

तपाईको प्रतिक्रिया