Online Bichar
बुधबार, बैशाख १०, २०८२ | Wednesday, April 23, 2025

ढाका, ५ भदौ २०८१ । फ्रान्स भाग्न लागेका बंगलादेशका दुईजना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ।

आन्दोलनका क्रममा प्रहरी र सत्तारुढ दललाई समर्थन गरेको तथा विद्यार्थीमाथि ‘मानवताविरुद्धको अपराध’ गरेको आरोपमा पत्रकार दम्पती शकिल अहमद र फरजाना रूपालाई विमानस्थलबाटै हिरासतमा लिइएको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन्।

एकातोर टिभीका निर्देशक शफिक अहमदका अनुसार मानव संसाधन विभागको निर्णयअनुसार उनीहरू दुबैजनालाई औपचारिक रूपमा बर्खास्त गरिएको जानकारी दिए।

विभेदविरोधी विद्यार्थी आन्दोलनका संयोजक अब्दुल कादर र अब्दुल हन्नान मसुदले राष्ट्रिय प्रेस क्लबका कार्यवाहक अध्यक्षलाई एक पत्र पठाउँदै उनीहरूसहित ५० जना पत्रकारलाई प्रतिबन्ध लगाउन माग गरेका थिए।

आज टर्किस एयरलाइन्सको उडानबाट पेरिस जान लागेका उनीहरूलाई विमानस्थलका अध्यागमन अधिकारीहरूको सहयोगमा पक्राउ गरिएको हो।

तपाईको प्रतिक्रिया