Online Bichar
आइतबार, आश्विन ०४, २०८३ | Sunday, September 20, 2026

२६ साउन २०८१ । बंगलादेशको सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओबैदुल हसनले पदबाट राजीनामा दिने भएका छन्।

अन्तरिम सरकार गठन भए पनि विद्यार्थीको आन्दोलन नरोकिएको र शनिबार विद्यार्थीहरूले सर्वोच्च अदालत घेराउ गरेपछी प्रधानन्यायाधीश राजीनामा दिन बाध्य भएका हुन्।

उनले शनिबार साँझसम्म राष्ट्रपति मोहम्मद शाहबुद्दिनलाई भेटेर राजीनामा बुझाउन लागेका हुन्।

प्रधानन्यायाधीशले अहिलेको अवस्थामा अदालतको काम कसरी व्यवस्थित गर्नेलगायतका विषयमा छलफल गर्न बिहान साढे १० बजे अदालतको पूर्ण बैठक बोलाएका थिए।

तर बैठकअघि नै भेदभाव विरोधी विद्यार्थी आन्दोलनका संयोजक आसिफ महमुदले प्रधानन्यायाधीशलाई फाँसीवादीको साथी भन्दै उनको राजीनामा माग गर्दै बैठक स्थगित गर्न अल्टिमेटम दिएका थिए।

लगत्तै विभिन्न शैक्षिक संस्थाका विद्यार्थी जुलुससहित सर्वोच्च अदालत घेराउ गर्न पुगेका थिए।एजेन्सी

 

तपाईको प्रतिक्रिया