Online Bichar
मंगलबार, जेठ २६, २०८३ | Tuesday, June 9, 2026

२६, साउन २०८१ । टर्कीको राजधानी अंकारामा शुक्रवार भएको बस दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ। अन्य २५ जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्।

अंकारा–एस्किसेहिर राजमार्गको पोलाटली जिल्लामा रहेको ओभरपासको पोलमा बस ठोक्किएको अंकाराका प्रान्तीय गभर्नर वासिप साहिनले बताए।

ब्रेक मार्क नभएको र चालक निदाएका कारण दुर्घटना हुनसक्ने आशंका गरिएको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ। दुर्घटना भएको रुटमा सवारी आवागमन बन्द गरिएको छ।एजेन्सी

 

तपाईको प्रतिक्रिया