Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गैरादह, १० पौष । झापाकोे गौरादह नगरपालिकामा देखिएको विकृति र बिसंगतीको अन्त्य गर्न संघर्ष समिति गठन गरिएको छ । गौरादह बजारमा सोमबार भएको स्वतस्फुर्त नगरबासीहरुको भेलाले राजकुमार दाहाल संयोजक र अनिस कार्की सह संयोजक रहेको ५१ सदस्यीय समिति गठन गरिएको हो ।

गौरादह नगरपालिकाको नगरसभाले पास गरेको आर्थिक बर्ष २०७५–०७६को बजेटमा अपारदर्शिता भएको खबर संचार माध्यमहरुमा प्रकाशित भएपछि नगरमा केहीदिन देखि चर्चााको बिषय बनेको छ । नगरवासिहरुमा नागरिकहरुले तिरेको करको सही सदुपयोग नभएको, ढिलासुस्ती भएको र शुसाशनको अनुभुती नभएको भन्दै सर्बत्र चासो र गुनासोहरु आएको भलामा सहभागिहरुले बताएका छन् ।

संघर्ष समितिले नगर कार्यपालिकाले गरेका कमिकमजोरीहरु तत्काल सुधार गर्न माग गरेको छ । नगरेमा नगरका सरोकारवाला सर्बपक्षसंग अवस्यक परामर्श गरी संघर्षका कार्यक्रमहरु सार्वजनिक गरिने बताइएको छ । नगर भित्र शुसाशन कायम गर्न, आयब्यय तथा बजेटमा भएको अपारदर्शिताको अन्त्यगर्न, सुचनामैत्री नगरपालिका बनाउन जस्तोसुकै संघर्ष गर्नपनि यो समिति तयार रहेको संयोजक दहालले बताए ।

तपाईको प्रतिक्रिया