Online Bichar
आइतबार, आषाढ २८, २०८३ | Sunday, July 12, 2026

काठमाडौं, १५ साउन २०८१ । भारतको केरलामा पहिरो जाँदा अहिलेसम्म १ नेपालीसहित ३६ जनाको मृत्यु भएको छ । मंगलबार बिहान केरलको वायानड जिल्लामा पहिरो जाँदा ३६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।

केन्द्रीय र प्रदेश सरकारले खोजी तथा उद्धारको काम अघि बढाएको उक्त समाचारमा उल्लेख छ । टाइम्स अफ इन्डियाले थोन्दरनाड गाउँमा बसिरहेका नेपाली परिवारका एक वर्षीय बालकको मृत्यु भएको समाचारमा जनाइएको छ । विस्तृत विवरण भने आइसकेको छैन।

केरलामा मंगलबार दिउँसो पनि भारी वर्षा भइरहेको छ। केरला राज्य विपद व्यवस्थापन, सेनालगायत विभिन्न उद्धारकर्मीको टोली पनि खटिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई दुई लाख रुपैयाँका दरले राहत र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया